Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, लमजुङ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, लमजुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक सेवा वडापत्र

2075-07-13

2075-07-13


नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय¸ लमजुङ

नागरिक बडापत्र (Citizen Charter)

क्र

सं

सेवा/ सुविधाको विवरण

आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

   

शान्ति सुरक्षा

       

१.

शान्ति सुरक्षा

शान्ति सुरक्षा सम्बन्धी निवेदन वा जानकारी

तुरुन्त

निवेदन भए रु १०।– को टिकट

सहायक प्र.जि.अ./शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

   

नागरिकता

       

२.

वंशज नेपाली नागरिकता

  • अनुसूची १ को फाराममा न.पा. वा गा.पा. को वडाको सिफारिस ।
  • बावु वा आमाको ना.प्र.प. को प्रतिलिपी
  • बाबु वा आमा वा वंशजतर्फ तीनपुस्ता भित्रको नातेदारको ना.प्र.प.को प्रतिलिपि र सनाखत ।
  • जन्ममिति खुल्ने प्रमाण (जन्म दर्ता वा जन्म प्रमाणित,शै.यो.को प्रमाणपत्र)
  • उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु ।
  • विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतितर्फको वंशज खुल्ने ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र र पति वा वंशजतर्फ तीनपुस्ता भित्रको नातेदारको सनाखत ।
  • बसाई सराई गरी आउनेको हकमा बसाईसराईको प्रमाणपत्र ।
  • फोटो २ प्रति

प्रमाण पुगेमा सोहि दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)

  • अनुसूची ७ को फाराममा न.पा./गा.पा. वडाको सिफारिस ।
  • पतिको ना.प्र.प. र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • सम्बन्धित देशको पहिचान खुल्ने प्रमाण र विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण
  • प्रहरी सर्जमिन मुचुल्का
  • पतिको सनाखत, पति नभएमा नजिकको  नातेदारको ना.प्र.प प्रतिलिपी, नाता खुल्ने प्रमाण र सनाखत 
  • फोटो ५ प्रति

प्रमाण पुगेकोमा सोहि दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

कर्मचारी परिवारका नाताले वंशजका नागरिकता लिदा

  • अनुसूची १ (वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगीकृत) वडाबाट प्रमाणित सिफारिस फाराम ।
  • जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।
  • सम्बन्धित कार्यालयबाट सिफारिस पत्र ।
  • फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि),
  • बाबु वा आमा वा पतिको ना.प्र.प सहित सनाखत

प्रमाण पुगेकोमा सोहि दिन

रु १० को टिकट

सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

५.

नेपाली नागरिकताको प्रतिलिपि

  • ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी गा.पा/न.पा. वडाको सिफारिस
  • ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण ।
  • बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र ।
  • विवाहित महिलाका हकमा पतिको ना.प्र.प. र विवाहदर्ता प्रमाण पत्र र पति वा वंशजतर्फ तीनपुस्ता भित्रको नातेदारको सनाखत ।

प्रमाण पुगेकोमा सोहि दिन

रु १३। को टिकट

सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

६ 

नाबालक परिचय पत्र

  • ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी गा.पा/न.पा. वडाको सिफारिस
  • बाबु र आमाको ना.प्र.प. प्रतिलिपि ।
  • जन्ममिति खुल्ने प्रमाण (जन्म दर्ता ,शै.यो. को प्रमाणपत्र)
  • बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण
  • कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस
  • बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो
  • नाबालक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण 

प्रमाण पुगेमा सोहि दिन

रु १०।– को टिकट

 

 

 

 

 

 

 

 

रु १३।– को टिकट

सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

   

विद्युतीय राहदानी

       

राहदानी

  • रित पूर्वक भरेको अनलाइन फाराम ।
  • राष्ट्रिय परिचयपत्र र नम्बर ।
  • ना.प्र.को सक्कल ।
  • बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता ।
  • कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।
  • म्याद सकिएको भए सक्कलै राहदानी ।
  • नाबालकको हकमा नाबालक परिचयपत्र, बाबु र अमाको ना.प्र.प., संरक्षक भएको हकमा निजको ना.प्र.प. र नाता प्रमाणित ।
  • राहदानी हराएको, केरमेट गरेको, च्यातिएको, डढेको, पानीले भिजेको र ट्राभल्स डकुमेन्ट भएकाको हकमा ना.प्र.प. र प्रि इनरोलमेन्ट फाराम ।

राहदानी विभागबाट प्राप्त हुनासाथ

१. सामान्य  रू.५०००।–

 

२. हराएको वा विग्रेको हकमा उल्लेखित राजस्वमा थप रू ५०००।- लाग्नेछ ।

 

३. राहदानी विभागमा नै राजश्व बुझाउनु पर्नेछ ।

 

४. द्रुत सेवाको लागि राहदानी विभागको नियमानुसार ।

 

 

 

 

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ./ राहदानी विभाग

 

प्रमाणितसिफारिस

ना.प्र.प. र शै. यो. प्रमाणपत्रमा नाम, थर, उमेर, ठेगाना फरक परेको विवरण सम्बन्धी

  • निवेदन
  • सम्बन्धित गा.पा./न.पा. वडाको सिफारिस ।
  • ना.प्र.प. को प्रतिलिपि ।
  • शैक्षिक येग्यताको प्रमाणपत्रका प्रतिलिपी ।
  • परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित निकायमा व्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.ई.ई उत्तीर्ण गरेको ६ महिना भित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

 

सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

जनजाति/दलित/ मुस्लिम/ अल्पसंख्यक जाति प्रमाणित

  • निवेदन
  • सम्बन्धित गा.पा./न.पा. वडाको सिफारिस ।
  • ना.प्र.प.को प्रतिलिपि ।

प्रमाण पुगेमा सोहि दिन

रु १०।– को टिकट

 

सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

१०

भारतिय/बृटिश/ नेपाली भू.पू.का पेन्सन सिफारिस

  • निवेदन
  • सम्बन्धित गा.पा../न.पा. वडाको सिफारिस ।
  • सम्बन्धित सबैको ना.प्र.प.को प्रतिलिपि ।
  • पेन्सन पट्टा प्रमाणपत्रका प्रतिलिपी
  • अन्य प्रमाणहरू, २ प्रति फोटो     

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

 

सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

११

कुनै व्यहोरा प्रमाणित

  • व्यहोरा खुलेको निवेदन¸गा.पा./न.पा.को वडाको सिफारिसपत्र¸
  • ना.प्र.प.को प्रतिलिपी, अन्य प्रमाण 

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट 

सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

हातहतियार इजाजत

१२

हातहतियार इजाजतपत्र

  • निवेदन, ना.प्र.प.को प्रतिलिपि¸ गा.पा./न.पा.को वडाको सिफारिस, निरोगिताको प्रमाण, प्रहरी प्रतिवेदन र अन्य आवश्यक प्रमाण

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट तथा हा.ख.नि.  बमोजिम

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

१३

हातहतियार नामसारी

  • ढाँचाको निवेदन,
  • लिने दिने दुवैको ना.प्र.प.को प्रतिलिपी र मन्जुरीनामा, सक्कलै इजाजतपत्र
  • प्रहरी प्रतिवेदन र स्वास्थ्य जाँचको प्रतिवेदन
  • हकदार भएमा नाता खुल्ने प्रमाण
  • मृत्यु भई नजिकको हकदारको नाममा नामसारीका लागि मृत्यु भएको ६ महिना भित्र आवेदन गरिसक्नु पर्ने ।

"

"

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

१४

हातहतियार नवीकरण

  • सम्बन्धित व्यक्तिको निवेदन, ना.प्र.प. प्रतिलिपी र सक्कल इजाजत पत्र

"

"

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

१५

विष्फोटक पदार्थ इजाजतपत्र

  • निवेदन,
  • ना.प्र.प.को प्रतिलिपी
  • संस्था/प्रतिष्ठानको सिफारिस पत्र
  • प्रहरी प्रतिवेदन र स्वास्थ्य जाँचको प्रतिवेदन
  • अनुभव भए सो सम्बन्धि प्रमाण
  • फोटो २ प्रति 

"

रु १०।– को टिकट तथा वि.प.नि.  बमोजिम

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

संस्थापत्रपत्रिका तथा छापाखाना

१६

संस्था दर्ता

  • ढाँचा बमोजिमको निवेदन¸
  • ३ प्रति ढाँचा बमोजिमको विधान
  • कार्य समितिको पदाधिकारीहरुको ना.प्र.प. का प्रतिलिपी
  • सम्बन्धित न.पा. /गा.पा. को सिफारिस
  • संस्था दर्ता गर्ने भेलाको निर्णयको प्रतिलिपी
  • प्रहरी प्रतिवेदन

प्रक्रिया पुगेपछि

रु १०००।-

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

१७

संस्था नवीकरण

  • रितपूर्वकको निवेदन¸
  • लेखापरिक्षण प्रतिवेदन¸
  • सम्बन्धित स्थानीय तहको सिफारिस पत्र¸
  • कार्यसमितिको निर्णयको प्रतिलिपि¸
  • अन्तरिक राजस्व कार्यालयबाट राजस्व तिरेको पत्र
  • वार्षिक प्रगति विवरण
  • सक्कल प्रमाणपत्र

प्रक्रिया पुगेपछि

नियमानुसार दस्तुर

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

१८

संस्थाको विधान संशोधन

  • ढाँचाको निवेदन तथा स्थानीय तहको सिफारिस ।
  • तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई साधारणसभाको कम्तिमा दुईतिहाई वहुमतको निर्णयको प्रतिलिपि
  • दुई प्रति तीन महले फाराम, तलमाथि समितिका पदाधिकारीहरू सबैले सहिछाप गरेको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारण)
  • स्वीकृत सक्कल विधान र चालू आ.ब.मा नवीकरण भएको सम्बन्धित संस्थाको प्रमाणपत्र तथा सो को प्रतिलिपि

प्रक्रिया पुगेपछि

नियमानुसार दस्तुर ।

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

१९

संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि

  • ढाँचाको निवेदन ।
  • कार्यसमितिको निर्णयको प्रतिलिपि
  • संस्था दर्ता प्रमाणको सक्कल वा विवरण खुलेको प्रमाण

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट र प्रत्येक पानाको रु ३।– का दरको टिकट

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

२०

जिल्लामा संस्थाको शाखा खोल्ने

  • मूल कार्यसमितिको सिफारिस तथा जिल्ला शाखाको निवेदन
  • संस्थाको कार्य समितिको निर्णय
  • प्रमाणपत्र तथा विधानको प्रतिलिपि
  • जिल्ला शाखाका पदाधिकारीहरुको नागरिकता तथा व्यक्तिगत विवरण तथा चालचलन सम्बन्धमा प्रहरी प्रतिवेदन
  • सम्बन्धित गा.पा./न.पा.को सिफारिस

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

२१

पत्रपत्रिका दर्ता

  • ढाँचा बमोजिमको निवेदन र ४ प्रति फोटो   
  • प्रकाशक संस्था भए सो सम्बन्धी सम्पूर्ण प्रमाण,
  • प्रकाशकले सम्पादक नियुक्ति गरेको प्रमाण र सम्पादकले पत्रिकामा सम्पादक रहि काम गर्ने मन्जुरीनामा,
  • सम्पादकको शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपी र ना.प्र.प. प्रतिलिपी
  • स्वीकृत छापाखानाबाट पत्रिका छाप्न स्वीकृति दिएको सिफारिस र प्रमाणपत्रको प्रतिलिपि तथा कर तिरेको प्रमाण

प्रक्रिया पुगेपछि

नियमानुसार

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

२२

छापाखाना संचालन  इजाजत

  • छापाखाना दर्ता भएको निकायको प्रमाणपत्र र प्रतिलिपि
  • व्यक्ति वा संस्थाको निवेदन, संस्था भए सम्पूर्ण प्रमाण, निर्णय र संचालकको ना.प्र.प. प्रतिलिपि
  • कर सम्बन्धी प्रमाण, छापाखाना संचालन गर्ने घरजग्गाको प्रमाण, अन्य व्यक्तिको भए मञ्जुरीनामा
  • छापाखाना उपकरणहरू खरिद गरेको वा नामसरी भइ आएमा सो प्रमाणहरु¸ फोटो ५ प्रति

प्रक्रिया पुगेपछि

नियमानुसार

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

२३

ठाडो उजुरी

क. गुनासो वा ठाडो उजुरीको लागि 

  • सम्पूर्ण विवरण खुलेको निवेदन र निवेदकको नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।
  •  निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजातहरु ।
    (उजुरीको प्रकृति हेरी जि.प्रहरी.का.वा सम्बन्धित कार्यालयमा पठाउने, आवश्यकता अनुसार कार्यालयमा दुवै पक्ष झिकाई छलफल गराइने र आवश्यक निर्देशन दिने, थप वुझ्नु पर्ने भएमा पक्ष विपक्षलाई तारेखमा राखेर छलफल गराइने, आवश्यक निर्देशन दिने वा कारवाही गर्ने) ।

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

 

२४

विपद् सम्बन्धि राहत

  • विवरण खुलेको सम्वन्धित पीडीत व्यक्तिको निवेदन
  • सम्बन्धित स्थानीय तहको सिफारिश
  • प्रहरी मुचुल्का पत्र
  •  विपद् खुल्ने प्रमाणहरु

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

स.प्र.जि.अ./ लेखापाल

 

राष्ट्रिय परिचयपत्र ।

२५

राष्ट्रिय परियचपत्र दर्ता

 

  • सक्कल नेपाली नागरिकताको प्रमाणपत्र ।
  • बावु वा आमाको ना.प्र.प. को प्रतिलिपी ।
  • हजुरवुवा हजुरआमाको नामथर खुल्ने कागज ।
  • विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र ।
  • कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र ।
  • बसाई सराई गरी आउनेको हकमा बसाईसराईको प्रमाणपत्र ।

प्रक्रिया पुगेपछि सोहीदिन

 

स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी

प्र.जि.अ.

                   

 

 


पछिल्लो अपडेट गरिएको : 2083-01-04 15:49:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, लमजुङ .