Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग

वेसीशहर, ८ लमजुङ

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग

वेसीशहर, ८ लमजुङ

जिल्लाको परिचय

कुन्छा लमजुङको पुरानो सदरमुकाम हो । यो अहिलेको सदरमुकाम वेशिशहरवाट करिव ३२ कि.मी पश्चिममा पर्छ । वि.सं २०२६ सालमा कुन्छावाट जिल्लाको सदरमुकाम वेसीशहरमा सारिएको थियो । समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम बेसीसहर तनहुँ जिल्लाको डुम्रे बजारदेखि ४२ किलोमिटर उत्तरमा पर्दछ। प्रारम्भ देखीनै जिल्लावासीको जिउ¸धन र सम्पत्तिको सुरक्षा गरी जिल्लामा शान्ती सुरक्षाको ब्यवस्था कायम गर्ने जिम्मा लिएको जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८¸ नागिरकता ऐन¸ नियमावलि¸ राहदानी ऐन¸ नियमावाली, भस्ट्राचार निवारण ऐन¸ उपभोत्ता संरक्षण ऐन, नियमावली लगाएतका ऐन नियमको पालन गर्ने गराउने गर्दछ । 
जिल्लाको वस्तुस्थिति

 

 

जिल्लाको वस्तुस्थिति

साविक अञ्चल

गण्डकी अञ्चल हाल गण्डकी प्रदेश

प्रदेश राजधानी

पाेखरा, कास्की

जिल्लाकाे सदरमुकाम

बेसीशहर, लमजुङ

क्षेत्रफल

१,६९२ वर्ग कि.मि.

जनसंख्या

१,६७,७२४ (२०६८ जनगणना अनुसार)

गाउपालिकाहरु

४ मर्स्याङ्दी, क्व्होलासाेथार, दूधपोखरी र दाेर्दी

नगरपालिकाहरु

४ वेसीशहर, सुन्दरवजार, मध्य नेपाल र राइनास

प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या

१ 

प्रदेश सभा निर्वाचन क्षेत्र संख्या

भौगोलिक अवस्थिति

पहाडी प्रदेश

सबैभन्दा अग्लो उचाई

८१६३ मिटर मनास्लु हिमशिखर

सबैभन्दा होंचो उचाई

३८५ मिटर रम्घा दुइपिप्ले बगैंचा

प्रमुख जातिहरू

गुरूङ, क्षेत्री, बाहुन, मगर नेवार आदि

प्रमुख भाषाहरू

नेपाली, मगर, गुरूङ भाषा आदि

 

Source: Central Bureau of Statistics Nepal

जिल्लाको नामाकरण

"लमजुङ" शब्द मगर भाषाबाट आएको मानिन्छ। यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ।
ऐतिहासिक पृष्ठभुमि

यस जिल्लाको उत्तर तथा उत्तर-पश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि बसोवास गर्दै आएका गुरूङ तथा घले जातिहरूले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनैतिक संरचनाको स्थापना गर्दै आएको पाइन्छ। सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेग गुरूङ तथा घले जातिको सामाजिक तथा राजनैतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन। जिल्लाको दक्षिणी भेकका टार तथा बेसीहरूमा क्षेत्री, ब्राह्मण, दमाई, कामी, सार्की आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ।
सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वज यशोब्रम्ह शाहले लमजुङ जिल्लामा शासन गरेका थिए। यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ। त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाइन्छ। इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरूको राज्यको रूपमा लमजुङलाई लीइएको पाइन्छ। त्यो समयमा स्याङ्जालाई सिकारी, लमजुङलाई गरुढ, गोरखालाई सर्प र कास्कीलाई भ्यागुताको रूपमा इतिहासमा उल्लेख गरेको पाइन्छ।
भौगोलिक अवस्थिति 
• अक्षांश: २८ डिग्रि ३ मिनेट देखि २८ डिग्रि ३७ मिनेट उत्तर
• देशान्तर: ८४ डिग्रि ११ मिनेट देखि ८४ डिग्रि ३८ मिनेट पूर्व
• सिमाना: पूर्व- गोरखा, पश्चिम-कास्की, उत्तर-मनाङ र दक्षिण- तनहुँ
• क्षेत्रफल: १६९२ वर्ग किलोमिटर
• सबभन्दा होचोस्थान: ३८५ मिटर (रम्घा गाविस अन्तर्गतको दुईपिप्ले बगैंचा)
• सबभन्दा अग्लोस्थान: ८,१६३ मिटर (मनास्लु हिमशिखर)

पश्चिम नेपालको मध्य पहाडी क्षेत्रमा अवस्थित लमजुङ जिल्ला १६९२ वर्ग किलोमिटरको भौगालिक क्षेत्रफल भित्र फैलिएको छ। समुद्र सतहबाट ३८५ मिटर उचाई देखि ८१६२ मिटर अग्लो मनास्लु हिमशिखर सम्मको धरातलीय उचाईले गर्दा यो जिल्लामा ठूलो पाइन्छ। अत्यन्त गर्मी हावापानीदेखि अतिठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो जिल्ला निकै प्रसिद्ध पनि छ। यहाँ प्रशस्त नदीनालाहरू बग्दछन् जस्ले लाखौं किलोवाट विद्युत उत्पादन गर्न सकिन्छ अर्कोतर्फ यस जिल्लामा नीरमसी, पाखनवेद, पाँचऔंले, चिर्राईतो, जटामसी, गुर्जो, सर्पगन्धा, यार्चागुम्वा, कुट्की, सुगन्धवाल आदि वहुउपयोगी र वहुमूल्य जडीवुटीहरू पाइन्छन्। हिमाली क्षेत्रमा अनेर्कौ वहुमूल्य पत्थरहरू पाइन्छन्। दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, घलेगाउँ, घनपोखरा, पुरानकोट, रागिनासकोट, तुर्लुङकोट आदि ज्यादै सुन्दर र ऐतिहासिक एवं धार्मिक महत्वका पर्यटकीय स्थलहरूले गर्दा यस जिल्लाको आर्थिक सम्भावनालाई अत्यन्त माथि पुर्यााउन मद्दत मिलेको छ। यस जिल्लामा यातायात तथा विद्युतीकरणको पनि राम्रो सुविद्या पुगेको छ।

जिल्लाका नगरपालीकाहरु 

  • वेसीशहर नगरपालीका
  • सुन्दरवजार नगरपालीका
  • मध्य नेपाल नगरपालिका 
  • राइनास नगरपालिका

गा‍उँपालिकाहरु

  • क्व्हाेलासाेथार गाउँपालिका
  • दुधपाेखरी गाउँपालिका
  • मस्याङ्दी गाउँपालिका
  • दाेर्दी गाउँपालिका