1 |
लाग्ने समय |
प्रमाण पुगेमा सोहि दिन |
शुल्क |
वंशज, वैवाहिक अंगीकृत र कर्मचारीकाे नाताले नया नगरिकताकाे लागि रु १०।– को हुलाक टिकट ।
प्रतिलिपि नागरिकताकाे लागि रु १३।- काे हुलाक टिकट । |
जिम्मेवार कर्मचारी/शाखा |
ईश्वर कुमार गुरुङ
-
नागरिकता शाखा
(कोठा नं - 7)
|
गुनासो सुन्ने कर्मचारी |
सुशील बैद्य
|
|
वंशजकाे अाधारमा नेपाली नागरिकता
- अनुसूची १ को फाराममा न.पा. वा गा.पा.को वडाको सिफारिस ।
- बाबु वा आमा वा वंशजतर्फ तीनपुस्ता भित्रको नातेदारको ना.प्र.प.को प्रतिलिपि र सनाखत ।
- जन्ममिति खुल्ने प्रमाण (शै.यो को प्रमाणपत्र वा जन्म दर्ता वा जन्म प्रमाणित)
- उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु ।
- विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतितर्फको वंशज खुल्ने ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र र पति वा वंशजतर्फ तीनपुस्ता भित्रको नातेदारको सनाखत ।
- बसाई सराई गरी आउनेको हकमा बसाईसराईको प्रमाणपत्र ।
- फोटो २ प्रति
वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)
अनुसूची ७ को फाराममा न.पा./गा.पा. वडाको सिफारिस ।
- पतिको ना.प्र.प. र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
- विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण
- पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत
- फोटो ५ प्रति
कर्मचारी परिवारका नाताले वंशजका नागरिकता लिदा
अनुसूची १ (वंशज) वडाबाट प्रमाणित सिफारिस फाराम ।
- जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।
- सम्बन्धित कार्यालयबाट सिफारिस पत्र ।
- फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि),
- बाबु वा आमा वा पतिको ना.प्र.प सहित सनाखत
नेपाली नागरिकताको प्रतिलिपि
ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी गा.पा/न.पा. वडाको सिफारिस
- ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण ।
- बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र ।
- विवाहित महिलाका हकमा पतिको ना.प्र.प. र विवाहदर्ता प्रमाण पत्र र पति वा वंशजतर्फ तीनपुस्ता भित्रको नातेदारको सनाखत ।
|
- भुइ तल्लाकाे काेठा नम्वर ७ काे झ्यालमा कागजपत्रहरु वुझाउने र सनाखत गराउने ।
- भुइ तल्लाकाे काेठा नम्वर ८ मा कम्प्यूटरुवाट नागरिकताकाे कार्ड तयार गर्ने ।
- भुइ तल्लाकाे काेठा नम्वर ७ मा ढड्डामा नागरिकताकाे अभिलेख चढाउने ।
- पहिलाे तल्लाकाे काेठा नम्वर २ र ३ मा नागरिकता कार्डमा सही गराउने ।
- पुन भुइ तल्लाकाे काेठा नम्वर ७ मा सहि भइसकेकाे नागरिकताकाे कार्डमा अफिसकाे छाप र हाेलाेग्राम टास्ने ।
|
जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग
,
जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
,
जिल्ला प्रशासन कार्यालय, डोल्पा
,
जिल्ला प्रशासन कार्यालय, धादिङ
,
जिल्ला प्रशासन कार्यालय, ललितपुर
|
|